सरर केवलकारैमा

गत आइतवार काठमाडौंको धुवां र धुलोवाट मुक्त हुंन मनकामना मन्दीरतिर घुमघामका लागि गएको थिए । साच्चिकै निक्कै परिर्वतन भइसकेछ मनकामना क्षेत्र । केवलकारको सुविधाले पशुपतिको जात्रा सिद्राको व्यापार भनेझै भगवानको दर्शनपनि अनी केवलकार सयरको मजा पनि जुट्ने गरेको छ यात्रामा । केवलकारको यात्रा, मनकामना मन्दीरवाट देखिने हिमालको शुन्दर दृष्य,अनी मन्दीरको घन्टीको टनटनाटन ध्वनीमा हराउंदा विछट्टै रमाइलो हुन्छ । बांकी सामाग्री »
दशैपछिको यात्रा

दशै मनाउन गाउं आएकाहरु दशैको समापनसंगै कर्मथलो फर्कने हतारोमा जोखिम मोलेर यात्रा गर्दै । तस्वीर : फणि महत बांकी सामाग्री »
पानीमा रुझ्दै बलको पछिपछि

खेलाडि त खेलाडि नै हुन तर गफका खेलाडि । कुरो गर्नमा माहिर समुह जव मैदानमा फुटवलको खेलाडि बन्न कस्सिए तव भयो टाय टाय फिस । कलाकारहरुले एकका विरुद्ध चार गोल ठाकेर हराइदिए । तर गज्जव देखिदा रहेछन हाम्रा नेताहरु खेलाडिको भेषमा । रातो फुटवल पोशाकमा उनीहरु मैदानमा उनीहरुको उपस्थितिले प्रतियोगितालाइ रोचक बनाएको थियो । त्यसमा प्रतिष्पर्धीहरु पनि गजवका नै थिए नी । एकातिर सभासदहरुको टोलि अनी अर्कोतिर हास्यकलाकारहरुको टोलि । बांकी सामाग्री »
मन्त्री फोहोर टिपिरहंदा अरु हांसिरहे

कार्यक्रम थियो गणेशमानिसंह अध्ययन प्रतिष्ठानको । प्रमुख अतिथि राष्ट्रपति डा रामवरण यादव । अन्य वरिष्ठहरु पनि टन्नै थिए भृकुटीमन्डपको बगैचामा । कार्यक्रम नै चियापानको । चियाखानको लागि व्यवस्था गरिएको गिलास थियो प्लाष्टीकको । बांकी सामाग्री »
दरवारस्क्वाएरमा खैरेको रमिता

दरवारस्क्यारको एक छेउमा भिड देखेर ध्यान त्यत्तै तानियो । के भएछ भनेर उत्सुकता मेट्न पाइला चले त्यत्तै । लौ २ जना पर्यटकहरु हातमा गितार बोकेर चटक देखाइरहेका रहेछन । एउटा जोक्कर जसरी नाच्ने अर्को गीत गाउने । यिनीहरुलाइ पनि के झोक चलेछ भनेर एकैछिन बसे उनीहरुको चर्किकला हेर्न । बांकी सामाग्री »
स्ववियु निर्वाचन : राम्रो छैन लक्षण

कतै दोहोरो झडप कतै आगजनी अनी कतै निर्वाचननै स्थगीत । चेतनाका संबाहक मानिने विद्यार्थीहरुको नेतृत्वदायी संगठन स्वतन्त्र विद्यार्थी यु्नियनमा भएको तिब्र राजनीतिकरणका कारण निर्वाचनको लक्षण त्यत्ति सुखद संकेत देखिएको छैन । बांकी सामाग्री »
आकख्म बाक्खम सेल चाक्खम

हुन त अहिलेको पुस्ताको जिब्रोमा पिजा वर्गरमःम चाउमिन हटडग जस्ता परिकारले कब्जा जमाइसकेको छ । मकै भटमाससेलरोटी जस्ता हाम्रा आफ्नै परिकार हाम्रै लागि नौला विषय बन्ने बाटोमा तिब्रताका साथ अगाडि बढिरहेका छन । तैपनि आफ्नो स्वाद भनेको आफ्नै हो । त्यसैले यसो झोक चल्यो सेलका बारेमा केही सामागि् राख्ने । बांकी सामाग्री »
नुवाकोट दरवारपरिसर घुमेर हेर्दा
क्यान्टोमेन्टमा के गर्दैछन जनसेना ?

नवलपरासीको झ्यालटुगंडाडामा रहेको जनसेनाको चौथो डिभिजनका जवानहरु तिहार मनाउन माछा काट्दै ।
जनसेना नेपाली सेनामा समायोजन कि पुर्नस्थापना र लगायतका बैकल्पीक बाटो बहस जारी छ । सबैदलहरुविच एकै सहमति हुन सकेको छैन । माओवादी शान्तिपुर्ण बाटोमा आए लगत्तै अस्थायि शिविर बनाएर बसेका जनसेना अहिले पनि अस्थायि शिविरमै छन । उनीहरु के गरेर बसिरहेका छन त त्यहां । सहकर्मी नविन विभाष दशै र तिहारमा मनाउन हिडेको बेलामा क्यान्टोनमेन्टका केही तस्विर बोकेर आएका रहेछन । यी तस्विरहरुले जनसेनाको दैनिक प्रष्ट्याउंछ कि ! बांकी सामाग्री »

