आधा घण्टा कुरे कोइरालाले..

सधै अरुलाई कुराउने बानी परेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आज भने आफै कुर्नेमा परेका छन । त्यो पनि आधा घण्टा । बढो अर्धैयताका साथ । अनी उनी आउंदा सबै जुरुक्क उठ्थे बुधवार अरु कोही आउंदा उनी जुरुक्क उठ्नुपर्यो । प्रशंग गणतान्त्रीक नेपालका प्रथम राष्ट्रपति र उपराष्ट्रपतिको सपथ कार्यक्रममको । सपथ सांढे तीन वजे तोकिएको थियोतर राष्ट्रपति यादव कतै अल्झीए । कोइराला पहिला नै राष्ट्रपतिको सपथमा सहभागि हुन आधाघण्टा अगाडि नै सितल निवास पुगेका थिए । खरानी रङ्गको कोटमा सिजंदै हास्दै जव यादव सपथहलमा प्रवेश गरे कोइराला जुरुक्क उठे । तर नमस्कार चै गरेनन ।

बांकी सामाग्री »

Share This Post

यस्ता छन प्रथम राष्ट्रपति

चिकित्सकको रुपमा विपि कोइरालाको उपचारमा संलग्न रहेर कांग्रेसको राजनीतिमा तानिएका ६३ वर्षिय डा रामवरण यादव ४८ वर्षको राजनीतिक यात्रामा राष्ट्रको सर्वोच्च पद राष्ट्रपति बन्न सफल भएका छन । धुनुषाको किसान परिवारमा िवंस २००४ सालमा जन्मीएका यादव संविधान सभाको पहिलो बैठकसंगै राजतन्त्रको अन्त्यको औपचारिक घोषणा लगत्तै पहिलो पटक जनताका छोराद्धारा चुनिएको प्रथम राष्ट्राध्यक्ष बन्न सफल भएका छन । उनको राजनीतिक यात्रा २०१७ सालवाट शुरु भएको हो । तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरी निरंकुश पाचायति व्यवस्था ल्याएपछि प्रजातन्त्रको माग गर्दै यादव आन्दोनलमा होमिएका थिए । सहमति र समझदारीको राजनीतिको साटो मतिय प्रतिष्पर्धामा शान्तिप्रकृयामा सहभागि दलहरु उत्रिएपछि एकाएक कांग्रेसले राष्ट्रपतिको उम्मेदवारको रुपमा अगाडि सारिएका यादव कांग्रेस एमाले मधेसी जनअधिकार फोरम र अन्य साना दलहरुको सहयोगमा विश्वको कान्छो गणतान्त्रीक राष्ट्रको पहिलो राष्ट्राध्यक्ष बन्न सफल भए ।

बांकी सामाग्री »

Share This Post

राष्ट्रपतिमा रामवरण, रामराजा पछारिए

अपडेट : राष्ट्रपतिमा निर्वाचित डा रामवरण यादवले मंगलवार प्रधानन्याधिष केदारप्रसाद गिरी समक्ष सपथ खाने भएका छन । सपथ खाएपछि उनको सम्मानमा बग्गीमा राखेर शहर परिक्रमा गर्नेछ । काठमाडौंमा भतिजिको घरमा बसिरहेका डा रामवरण शुक्रवारवाटै सरकारले राष्ट्रपतिको निवासको रुपमा चयन गरेको सितलनिवासमा सर्नेछन । बांकी सामाग्री »

Share This Post

उपराष्ट्रपति सम्झदा कसको शिर उठ्ला ?

उपराष्ट्रपतिमा विजयी भएको औपचारिक घोषणा भएपछि सबै परमानन्द झाको मुहार खोजी रहेका थिए । तर उनी कतै देखिएनन । उनी दिनभर मतदान भएको क्षेत्रमा पनि आएनन । विहिवार उपराष्ट्रपतिको उम्मेदवारी पत्र दर्ता गराएर भुमिगत भएका झा हराएका हरायै भए । नेपालको प्रथम उप राष्ट्रपतिजस्तो गरिमामय पदमा विजयी बन्दा पनि खुसि साट्न किन उनी आएनन संविधान सभा हल नयांबानेश्वरमा शनिवार मात्र हैन शुक्रवार संविधान सभा हलमा राष्ट्रपति र उपराष्ट्रपतिको परिचय कार्यक्रममा समेत उनी आएनन । आउन पनि कसरी उनीसंग भन्ने नै के थियो र ।
यस्तो छ उनको विगत
अस्थायि न्यायधिषको रुपमा २०६१ असोज ४ गते सर्वोच्च अदालतमा प्रवेश गरेका झाले ६ सय ६९ किलो चरेस नेपालवाट क्यानडा पठाउंदै गर्दा पक्राउ परेका कुख्यात लागु औषध तस्कर दिलबहादुर गुरुङ्गलाई रिहाइको फैसला गरेका थिए । बांकी सामाग्री »

Share This Post

भोट हाल्न नजान्नेले कस्तो संविधान बनाउंलान ?

बढो लाजमर्दो कुरो । नयां संविधान निर्माणमा लागि गठन भएको संविधान सभाका सदस्यहरुलाई राम्रोसित भोट पनि हाल्न आउदैन । एक हैन पांच हैन १० हैन १५ हैन २० पनि हैन २५ जना सभासदले राष्ट्रपतिको निर्वाचनका लागि हालेको मत बदर भयो । उपराष्ट्रपतिमा खसेको मतको हालत पनि उस्तै २४ मत बदर भएका छन । बांकी सामाग्री »

Share This Post

राष्ट्रपतिको पुनः निर्वाचन सोमवार

राष्ट्रपतिका दुबै उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि सोमवार विहान पुन राष्ट्रपतिको निर्वाचन हुने भएको छ । सोमवार विहान आठ वजे मतदान कार्यक्रम तोकिएको छ । शनिवार बेलुका र आइतवार दिनभर अब राजनीतिक दौडधुप खुब बढ्ने भएको छ । अनौपचारिक मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार रामवरण यादवका लागि शनिवार पाएको मत जोगाउंदै थप चार मत बढाउने चुनौति छ भने रामराजालाइ कांध थापेको माओवादीले शनिवार पाएको मत जोगाउंदै थप १४ मत बटुल्ने चुनौति छ । के हुने हो पत्तो छैन । बांकी सामाग्री »

Share This Post

१५ भोटले रोकिए रामवरण

UPDATE:राष्ट्रपतिका लागि भएको मतदानको औपचारिक मतपरिणाम बल्ल आएको छ । अनौपचारिक मतपरिणाम र औपचारिक मत परिणाममा धेरै अन्तर छ । प्रारम्भमा २९४ मत पाएको भनिएका डा रामवरण यादवले २८३ मत पाएका छन । उनको प्रतिद्धन्द्धी रामराजाप्रसाद िसंहले २७० मत पाएका छन । अचम्मको कुरा त संविधान बनाउनका लागि चयन भएका सभासदलाइ भोट समेत हाल्न आएनछ । एक मतले गणतान्त्रीक नेपालको प्रथम राष्ट्रपतिको चयन हुने बेलामा २५ भोट त बदर मात्र भएछ । कसैले राम्रोसंग टिक लागाउनै जानेनछन भने कसैले २ वटा टिक लगाइदिएछन । कसैले चै टिक लगाउनुपर्नेमा हस्ताक्षर ठोकिदिएछन । बदर भएको २५ मतमध्ये १८ मत रामराजाको र ७ मत डा रामवरणको रहेको छ । एमालेका राष्ट्रपतिका उम्मेदवार रामपि्रत पासवानलाइ सुन्य मत परेको छ । एमालेले राष्ट्रपतिका लागि कांग्रेसले अगाडि सारेको उम्मेदवारलाई समर्थन गरेको थियो । उता उपराष्ट्रपतिका उम्मेदवारमध्ये मधेसी जनअधिकार फोरमका उम्मेदवार परमानन्द झाले ३०५ मत ल्याएका छन । माओवादी उम्मेदवार शान्ता श्रेष्ठको भागमा जम्मा २४३ मत मात्र आएको छ । उपराष्ट्रपतिमा फोरमको उम्मेदवारलाई समर्थन गरेपनि एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले ४ मत पाइन भने कांग्रेसका उम्मेदवार मानबहादुर विश्वकर्माले २ मत पाएका छन । उपराष्ट्रपतिमा खसेको २४ मत बदर भएको छ ।
बांकी सामाग्री »

Share This Post

अनुमानै त हो

अपडेट : आखिरमा अनुमान सहि सावित भएको छ । मेरो अनुमानमा बांकी रहेका मतहरु रामराजातिर गएमा राष्ट्रपतिको निर्वाचन पुन हुने थियो । भयो त्यस्तै । तलको अनुमानमा २९३ पुग्छ भनेको एक मत बढेर २९४ पुग्यो । अनी उता रामराजा २८४ मत ल्याएका छन ।
कुल मतदाता-५९४
खसेको कुल मत पांच सय ७८
बहिष्कार- राप्रपा नेपाल- चार नेमकिपा-५राष्ट्रिय जनमोर्चा-४नेकपा एकिकृत-२ । जम्मा-१५
अनुपस्थित-आरजु राणा कांग्रेस
२ जनाले सपथ नै नखाएका कारण मतदानमा सहभािग हुन पाएनन ।
आजको मतदानको निर्णायक मत भनेको २ सय ९८ नै हो । पांच वजे पछि त परिणाम आइहाल्छ । अहिले अनुमान गरौ न कसको पल्ला भारी छ होला ५७८ मा ?  यसो अनुमान गरौं न । के छ र अनुमानै त हो । मिल्नपनि त सक्छ नी ।
पांच सय ७८ मध्ये रामराजाको पक्षमा २ सय २६ माओवादी,तमलोपा २१, सद्भावना ९, जनमोर्चा ८ रहेका छन । यसरी हेर्दा कुल २६४ रामराजाको पक्षमा एकमत पर्ने देखिन्छ ।
उता, डा रामवरणको पक्षमा कांग्रेस ११३,एमाले १०८ ,फोरम ५२, माले ९, जनशक्ति ३ र राप्रपा ८ गरी जम्मा २९३ एकमत देखिएको छ । बांकी सामाग्री »

Share This Post

मतदान सकियो : रामवरण र झा बलिया

शनिवार के हुनसक्छ भन्ने पुर्वअनुमान गर्दै कुन चै राम राष्ट्रपति हुने हो भनेर गरिएको ब्लग धेरैलाइ पचेनछ । तर अहिले त पच्यो होला । आखिर कांग्रेस एमाले र फोरमको समिकरण बन्यो नै । अनी राष्ट्रपतिमा कमजोर ठानिएका डा रामवरण यादव अहिले सबैभन्दा बलिया राष्ट्रपतिका उम्मेदवार बनेका छन । वार्गेनिङ्ग पोलटिक्सको फाइदा उठाउंदै फोरमले उपराष्ट्रपति पद पड्काउने सम्भावना बलियो बन्यो नै । मदतान सकियो । मतदान सिकंदासम्मको राजनीतिक समिकरणमा केही गडबड भएको छ । नेपाल मजदुर किसान पार्टी राष्ट्रीय जनमोर्चा र राप्रपा नेपालले मतदान प्रकृयामा सहभागि नै भएनन । यसले कतै दुबै प्रतिष्पर्धिले बहुमत नल्याउने हो कि भन्ने आशंका पनि बढेको छ । बांकी सामाग्री »

Share This Post

राष्ट्रपतिको बहानामा लक्ष्मणसिंह खड्काको खोजी

तर राष्ट्रपति जस्तो राष्ट्र प्रमुखको पदपूर्ती सम्बन्धमा जुन अत्यन्त हल्का र सतही कुरा नागरिक समाज र राजनीतिक क्षेत्र दुबै वृत्तबाट आइरहेको छ, त्यो एकदमै खेदजनक छ। राजनीतिक क्षेत्रबाट आउने कुरालाई त राजनीतिक दाउपेचकै रुपमा लिन सकिन्छ। तर नागरिक स्तरबाट आएको प्रस्ताव र प्रचारले राष्ट्रपति पदको यति धेरै उपहास, अपमान र अवमूल्यन भएको छ कि हास्यव्यंग्य टेलिसिरियल तितोसत्यमा त्यस पदलाई केहि नबोल्ने, कतै नचल्ने गरी भुईंमा गाडिएको बिजुलीको लट्ठासंग दाँज्न सम्म भ्याए।

– महेश्वर श्रेष्ठ
 
नेपालको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको अन्त्य र गणतन्त्र कार्यान्वयनको घोषणासंगै मुलुकको राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति रहने व्यवस्था गरेको पनि आज १९ दिन पुगेको छ। तर संविधानसभा निर्वाचनमा कुनै पनि दलले सामान्य बहुमत हासिल गर्न नसकेको कारण अन्तरिम राष्ट्रपति को हुने भन्ने विषयमा दलहरु बीच सहमति हुन सकिरहेको छैन। बांकी सामाग्री »

Share This Post