राष्ट्रपतिको गेममा एमाले कांग्रेसले बल्ड्यागं खाए

भावि राष्ट्रपति : नवजनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद िसंह ।

भावि राष्ट्रपति : नवजनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद िसंह ।

आखिरमा एमाले र कांग्रेस हिस्स बुढी खिस्स दांत भएर तराइमुलवासीलाई राष्ट्रपतिमा उठाएका छन । माओवादीले एमालेका माधव नेपाल र कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई अस्विकार गरी दोस्रो ब्यक्तिको बारेमा छलफल गर्न आग्रह गर्दा उनीहरुले टेरेनन । जव राजनीतिका सबै खेल सकिए त्यसपछि हार्छन भन्ने मानसिकताकासाथ मधेस र दलितमुलका उम्मेदवार उठाएका छन । कांग्रेसवाट डा रामवरण यादव राष्ट्रपतिका उम्मेदवार बनेका छन भने एमालेको तर्फवाट रामपि्रत पासवान । तर ढिलाइ भइसकेको छ । अब माओवादीले राजनीतिक सहमति गलार्न जस्तो लाग्दैन । कांग्रेस र एमालेले राष्ट्रपतिका रुपमा जुन ब्यक्तिलाइ उठाएका छन ति ब्यक्तिका बारेमा यस अगाडि छलफल भएको पक्कै यि दुइमध्ये एक राष्ट्रपति हुन्थे नै होला । तर माओवादी झुकिहाल्छ नी भनेर कांग्रेसले कोइराला बाहेकको विषयमा कुरै गर्न चाहेन भने एमाले पनि माधव माधव भनेर बस्यो । जव अन्तिम अवस्थामा माओवादीले आफ्नै गेमकार्ड फाल्यो त्यसपछि आत्तिएका एमाले र कांग्रेसले उम्मेदवार दिएका थियौं भन्नका लागि मात्र उम्मेदवार उठाएका छन । बांकी सामाग्री »

Share This Post