2 Sep, 2010
बेला बेला प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरुले दुख मनाउ गर्दै –काम चलाउ बस्दा पिडा भयो’ भनेर भाषण गरेपछि मात्र हेक्का हुन्छ ए यो सरकार त काम चलाउ पो हो भनेर।
पार्टीको भावी नेतृत्व चयन गर्ने १२ औं महाधिवेशन मुखैमा आएकाले कांग्रेसीहरु बढो चटारोमा छन् । गिरिजाप्रसाद कोइरालाको निधनपछि पार्टी कमान्ड कसले सम्हाल्ने प्रतिष्पर्धा छ । त्यही प्रतिष्पर्धा र चटारोकाविच पार्टीले प्रधानमन्त्री पदमा उम्मेदवारी पनि दिएको छ है भन्ने नै नेताहरुले विर्सिसके झै देखिन्छ । किनकी कांग्रेसका हरेक नेताको भाषण प्रधानमन्त्री भन्दा पनि पार्टीको निर्वाचनमै केन्द्रित देखिन्छ। बांकी सामाग्री »
Share on Facebook

30 Aug, 2010
सरकार, माओवादी र संयुक्त राष्ट्र संघविचको त्रिपक्षिय सहमतीको आधारमा नेपालको शान्ती प्रकृयाको अनुगमनका लागी अनमिन नेपाल आएको थियो। अनमिनलाई ल्याउने विषयमा सबै दल सहमत थिए। तर अहिले अनमिनबारे राजनीतिकदलका विच समान धारणा बन्न सकेको छैन।
संयुक्त राष्ट्रसंघिय शान्ती मिसन अनमिनको नेपाल बसाईको अवधी जति घट्दै छ, त्यत्तिनै नेपालको राजनीति अनमिनमय बन्दै गएको छ। उसको म्याद थपेर बसाई बढाउने हो कि यत्तिकैमा विदाई गर्ने? अहिले बहस यसैमा केन्द्रित छ। एकथरी अनमिनका कमजोरीको चाङ सार्वजनिक गर्दै यसको काम छैन भन्ने पुष्टीमा घुंडा धसेर लागेका छन् भने अर्कोपक्ष अनमिन भएन भने त सबै बर्बाद हुन्छ भनेझै गरी अनमिनको समयावधी बढाउने कसरतमा रातदिन एक गरिररहेको छ। राजनीतिक सहमतीका आधारमा भदौं ३० भित्र म्याद नथपिने हो भने उसको औपचारीक रुपमा नेपालवाट विदाई हुनेछ। सायद त्यसैले होला प्रधानमन्त्री चयनतिर भन्दापनि राजनीतिक दलहरु अनमिनतिरै बढी केन्द्रित छन्। बांकी सामाग्री »
Share on Facebook

24 Aug, 2010
बहुमत जुटाउनसक्ने उम्मेदवार नै प्रधानमन्त्री चयन हुने लोकतान्त्रीकपद्धतीलाई तटस्थको नाटक गरेर जोक बनाउने एमालेको अडान परिर्वतन नहुने हो भने एमालेको विज्ञप्ती गोहीको आंशु मात्र सिद्ध हुनेछ।
विगत केही समयदेखी प्रतिगामीहरुको सल्बलाहट भएकोमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालमा बढो चिन्ता बढाएछ। त्यसैले उनले पोलिट्व्युरोको बैठकमार्फत लोकतान्त्रीक शक्तिहरुको कतिपय कमजोरीलाई बहाना बनाएर लोकतन्त्र, गणतन्त्र, संघियता, संविधान सभा र धर्म निरपेक्षतामाथि लगातार प्रहार भईरहेको निष्कर्ष निकाल्दै उनले सल्बलाहट विरुद्ध उच्चसर्तक रहन आग्रह गर्दै विज्ञप्ती जारी गरेका छन्। एमालेको विज्ञप्ती पढ्दैजांदा प्रश्न उब्जीयो मनमा–आखिर प्रतिगामीहरुलाई सल्बलाउने मलजल कसले गरिरहेको छ? को छ यसको प्रमुख जिम्मेवारीमा? बांकी सामाग्री »
Share on Facebook

16 Aug, 2010
कहिले बोली कहिले व्यवहारका कारण राजनीतिकबृत्तमा चर्चामा छाईरहने माओवादी अध्यक्ष पुष्पकमल दाहालको बोली हिजोआज र्दुलभ छ। प्राय दिनकै टेलिभिजनको पर्दामा छाउने दाहालको अनुहार टेलिभिजनको स्त्रि्कनमा देखिन छाडेका छन्। उनका भाषणका समाचार पत्रिकामा छापिन छाडेका छन्। सार्वजनिक कार्यक्रममा उनको उपस्थिती पातलीएको छ। पार्टीको कार्यक्रमहरुमा उनको उपस्थिती न्युन देखिएको छ। मुटुनै घोच्ने गरी विपक्षीलाई गरिने कटाक्ष सुन्य छ। आखिर किन दाहालमा यो परिर्वतन? बांकी सामाग्री »
Share on Facebook

13 Aug, 2010
यदी एमालेले आफुलाई राजनीतिक पार्टीको रुपमा अगाडि बढाउने हो भने उसले तटस्थ बस्ने निर्णय परिर्वतन गरी कांग्रेस वा माओवादीका उम्मेदवारमध्ये एकलाई समर्थन गर्नुको अर्को विकल्प देखिएको छैन।
पांचौ पटकको प्रधानमन्त्रीको निर्वाचनमा विषयमा निर्णय गर्न बसेको केन्द्रिय समितिको बैठकमार्फत पुन : पार्टी तटस्थ बस्ने निर्णय गराएपछि एमाले अध्यक्ष झलनाथ खनालले मन्द मुस्कानका साथ पार्टीको निर्णय राष्ट्र र जनताको हितकापक्षमा भएको अभिब्यक्ति दिए। प्रष्ट छ एमाले पुन तटस्थ बस्ने हो भने पांचौ चरणको निर्वाचनवाट पनि प्रधानमन्त्री चुनिने सम्भावना छैन। त्यसको विकल्प भनेको छैठौ चरणको निर्वाचनको मिति तोक्नुनै हो। मुलुक कामचलाउन सरकारको भरमा चलाउनु नै हो। मनमा प्रश्न उठ्यो–कार्यकारी अधिकार सहितको प्रधानमन्त्री चयन नगरी मुलुकलाई काम चलाउहरुको जिम्मामा छोड्ने काम राष्ट्र र जनताको पक्षमा कसरी भयो होला? बांकी सामाग्री »
Share on Facebook

9 Aug, 2010
विचारको आधारमा प्रचन्ड भन्दा बाबुराम बलिया थिए र , छन। उनले हतियारको बलमा राज्य कब्जा गर्ने जोखिमको साटो खुल्ला राजनीतिक प्रतिष्पर्धामा गएर जनताको मन जितेर मतमार्फत राज्यसत्तामा पुग्ने बाटो अख्तियार गर्नुपर्ने राजनीतिक लाईन अगाडि ल्याए। माओवादी त्यही लाईन समातेर सरकारमा पुग्यो।
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालसंगको आफ्नो विवाद रुपमा नभएर सारमा भएको सार्वजनिक गरे। भाषा अली अर्मुत थियो तर, उनको भनाईवाट माओवादीभित्र बाबुराम र दाहालविचको विवाद चरम उत्कर्षमा पुगेको प्रष्ट बनाएको छ। उनले अहिले देखिएको विवाद सामान्य रहेको दावी त गरेका छन्, तर जुन रुपमा माओवादीका नेता तथा कार्यकर्ता अहिले बाबुराम र दाहालको समुहमा विभाजीत भएका छन् यसले माओवादीभित्रको विवाद सामान्य हैन भन्ने पुष्टी गरिसकेको छ। जसलाई पर्दाले ढाक्न सकिन्न अब। बांकी सामाग्री »
Share on Facebook

5 Aug, 2010

तीन पटकको निर्वाचनले समेत प्रधानमन्त्री चयन हुन नसकेको संकटपूर्ण राजनीतिक माहौलकाविचमा भारतिय प्रधानमन्त्रीको विशेष दुतको रुपमा नेपाल आएका श्यामशरणको सरकार गठनप्रति कुनै चासो नै छैन रे। नेपालको शान्ती प्रकृया, नयां संविधान र राष्ट्रिय सहमतीप्रति चिन्तित भएर श्यामशरण नेपाल आएको माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दावी गरे। बांकी सामाग्री »
Share on Facebook

2 Aug, 2010
हाम्रो समाजका अधिकांश सदस्यहरुको दिनको प्रारम्भ राजनीतिक टिप्पणिवाट शुरु हुन्छ र अन्त्यपनि । तैपनि भनिरहन्छन्–तात्तो न छोरो राजनीतिको गफ किन गर्नु ?
यसो विहान चिया पसलतिर पुगेको थिए। टेवलमा बसेर चियाको चुस्कि लिईरहेका २ जना महानुभाव प्रधानमन्त्रीको निर्वाचनको बारेमा गफ्फिईरहेका थिए। पहिलोले प्रश्न गरे–आज के होला हं? दोस्रोले करिव पांच मिनेटको राजनीतिक विष्लेशण सुनाउंदै मधेसी मोर्चा र एमालेको निर्णय परिर्वतन हुने छांट नदेखिएकाले आज पनि प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल र रामचन्द्र पौडेलमध्ये कसैले बहुमत ल्याउन नसक्ने निष्कर्ष सुनाए। बांकी सामाग्री »
Share on Facebook

25 Jul, 2010
राष्ट्रको सबैभन्दा महत्वपूर्ण पाटो भनेको भुमी, शुरक्षा र नागरिकनै हो। मधेसी केन्द्रित यि चार दल योजनावद्ध रुपमै यही तीन महत्वपूर्ण अगंमाथी कब्जाको रणनीतिमा सक्रिय छन् ।
मधेस आन्दोलन चर्काएर आफ्ना काला उद्धेश्य पुरा गर्न सरकारलाई घुंडा टेकाउने प्रयास असफल भएर रन्थनिएका मधेस केन्द्रित दलहरु असफल भएका आफ्ना पुराना माग पुरा गराउन प्रधानमन्त्री निर्वाचनलाई हतियार बनाउन सक्रिय भएका छन् । अन्य राष्ट्रिय मुद्धामा कहिल्यै एक ठाउंमा नआउने जव स्वार्थ मिल्छ अनी मधेसी मोर्चा भन्दै एकै ठाउंमा भेला हुदैं राष्ट्रघाती मुद्धालाई सर्तका रुपमा अगाडि सार्ने गरेका मधेस केन्द्रित चार दलका नेता कांग्रेस र माओवादीलाई प्रधानमन्त्रीको कुर्सीको लोभ देखाएर आफ्ना कुत्सीत मनसाय पुरा गराउने रणनीतिमा पुन सक्रिए भएका छन् । बांकी सामाग्री »
Share on Facebook
